काठमाडौं । वामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताएका छन्। उनले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन्।
पार्टी भित्र लामो समयदेखि विवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास गरिएको अवस्थामा तत्कालका लागि आफू एमालेमै रहेको बताएका हुन्। गौतमको सचिवालयले आइतबार वक्तव्य जारी गरेर भनेको छ, ‘केही दिन देखि विभिन्न सञ्चारमाध्यममा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन।’
वक्तव्यमा अघि भनिएको छ, ‘ककरेड वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो। तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’