Wednesday, November 27, 2024
spot_img

ट्रेन्डिङ :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत, पक्षमा ४२, विपक्षमा शुन्य

spot_img
spot_img

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत पाउनुभएको छ ।

लुम्बिनी प्रदेश सभामा सोमबार भएको मतदानमा केसीको पक्षमा ४२ मत परेको छ । विपक्षमा कसैले पनि मतदान गर्नुभएन भने एकजना सांसद तटस्थ रहनुभएको छ ।

लुम्बिनी प्रदेश सभा हाल ८० सदस्यीय रहेको छ ।

केसीको पक्षमा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको छ ।

मतदानमा सभामुखबाहेक ४३ सांसदको उपस्थिति थियो । एक जना सांसद भने तटस्थ बस्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।

एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेर राजीनामा दिएसँगै केसीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।

प्रदेश सभा सदस्य संख्याः ८०
उपस्थितः ४३
पक्षमाः ४२
विपक्षमाः ०
तटस्थः १

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?