Wednesday, November 27, 2024
spot_img

ट्रेन्डिङ :

विमला वलीविरुद्ध जेठाजु अदालतमा, नाबालक छोराहरूको तर्फबाट अंश मुद्दा दायर

spot_img
spot_img

रुपन्देही । परपुरुषसँग ‘रोमान्स प्रकरण’ सार्वजनिक भएर विवादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्री अर्को झमेलामा परेकी छन् । उनीविरुद्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ ।

विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट उनीहरुका साहिँलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरिएको हो ।

दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले नावालक छोराहरुको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए । श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएको उक्त मुद्दाको दर्ता नं ०७३-०७८-००३६२ रहेको छ ।

निवेदकले विपक्षी विमलाकुमारी खत्री वलीबाट नावालक छोराहरुको सम्पत्तिको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् । निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमार वलीका साहिँला दाजु हुन् ।

निवेदक वलीले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमला वलीबाट उत्तरकुमार वलीका नावालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अदालत पुगेको बताएका छन् ।

‘विमला सम्पर्कमा आएको भए त्यो अवस्था हुँदैनथ्यो होला, तर उनी ४ महिनादेखि हाम्रो सम्पर्कमा छैनन्, त्यसैले अदालत पुग्नुपर्ने बाध्यता आयो,’ उनले भने ।

उनले थपे, ‘अरु धेरै कुरा हामीलाई भन्दा तपाईहरुलाई नै थाहा छ । पछिल्लोपटक सामाजिक सञ्जालमा भाइरल भएको घटनाले हामीलाई सशंकित बनायो । त्यसैले निवेदन पेश गरेको हुँ ।’

नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट विमला निर्वाचित भएकी थिइन् ।

केही दिनअघि एक वाइसीएल कार्यकर्ताले आफ्नो फेसबुकमा विमलासँगको रोमान्टिक तस्वीर सार्वजनिक गरेका थिए । विवादमा आएपछि उनीहरु दुवैले त्यो तस्वीर ‘एडिटेड’ भन्दै ढाकछोपको प्रयास गरिरहेका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?