Saturday, March 15, 2025

ट्रेन्डिङ :

इजरायल जाने कामदारको परिक्षा लोकसेवा आयोगले लिनेे

spot_img
spot_img

काठमाडौं । इजरायलमा सहायक कामदारका लागि आवेदन दिएकाहरूको लिखित र मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधि अनुसार सञ्चालन हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्राप्त आवेदनहरूको अध्ययन भइरहेको र आवेदन स्वीकृति भएकाहरूको लिखित र मौखिक दुवै परीक्षा लोक सेवाको विधि अनुसार गरिने जनाएको हो । इजरायलमा नेपाली नागरिकलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने पनि मन्त्रालयले प्रस्ट पारेको छ । इजरायलमा नेपालीलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ।

मन्त्रालयका तर्फबाट सम्बद्ध कुनै पनि कानुनविपरीतका कार्य एवं गतिविधिमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्ण रूपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ।

इजरायलमा सहायक कामदारका लागि एक हजार जनाको माग भई आएको र त्यस अनुसार वैदेशिक रोजगार विभागले आवेदन खुलाए पछि मन्त्रालय र विभागका अधिकारीसँग आफ्नो सम्बन्ध भएको भन्दै प्रलोभनमा पारी गैर कानुनी रूपमा रकम असुल गरिरहेको गुनासो पनि आएको भन्दै यसतर्फ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

इजरायल रोजगारी सरकार सरकार माध्यममार्फत पठाइने भएकाले प्रलोभनमा पार्ने कसैको पनि पछि नलाग्न र विभागको आधिकारिक सूचनामा मात्र विश्वास गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

इजरायलमा कामदार पठाउन नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोजमा श्रम सम्झौता भएको थियो । सम्झौता अनुसार विभागले एक हजार जनाको आवेदन मागेको थियो । जसमा ९ हजार ६९९ जनाको आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?