Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालयमा धर्ना दिने, यस्तो छ कारण

spot_img
spot_img

काठमाडौं : सदस्यता सूची सार्वजनिकको माग गर्दै कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालयमा धर्ना दिने भएका छन् । मुख्य गरी नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले यस अघि देखिएका समस्या समाधान गरेर विधिसंगत टुंगिएका नामहरू सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने तयारी गरेका हुन् ।

यस अघिदेखि नै पौडेल पक्षका जिल्ला सभापतिहरूरुले पार्टीको विधान, पद्धति, पार्टीका निर्णय, सर्कुलर अनुसार सदस्यताको अन्तिम टुंगो लगाउनुपर्ने माग गर्दै आएका थिए । तर, लामो समयको रस्साकस्सीपछि सोमबार साँझ क्रियाशील सदस्यताको विषय टुंग्याइएको भन्दै शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाइएको छ । काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले विधिसम्मत टुंगिएको सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै सभापतिहरूले धर्ना दिने तयारी गरेको जानकारी दिए । धर्ना ११ बजेपछि राखिएको छ । कांग्रेसमा यही भदौ १८ बाट वडा तहको अधिवेशन सुरू हुँदैछ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?