काठमाडौ : नेकपा एमालेका १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भएका छन् । लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु २३ फागुनमा पुनर्स्थापित एमालेको स्थायी कमिटीमा पहिलो पटक सहभागी हुन लागेका हुन् ।
स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाइएको छ । बैठकमा सहभागी हुन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा पुगिसकेका छन् ।