Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

पत्रकारलाई लागुऔषध हालेर फसाएको प्रकरणमा मुछिएका एसपी शाह तानिए

spot_img
spot_img

काठमाडौँ । पत्रकारलाई लागुऔषध हालेर फसाएको प्रकरणमा मुछिएका रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहलाई जिम्मेबारी मुक्त गरिने भएको छ।

उक्त घटनामा एसपी शाह संलग्नता रहेको भन्ने पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा छानबिन समिति गठन गरेको स्रोतले जानकारी दिएको छ । समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य छन् ।

समितिले पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ।

पत्रकारलाई फसाउन लागुऔषध राखिएको घटनामा प्रहरी प्रमुख एसपी शाहकै संलग्नताको आरोप लागेपछि छानबिन हुने भएको हो। स्रोतका अनुसार एसपी शाहलाई आजै जिम्मेबारी मुक्त गर्ने तयारी छ,यद्यपि कहाँ तान्ने भन्ने निश्चित भइ नसकेको स्रोतको भनाइ छ।

यसअघि सोमबार पत्रकार सम्मेलनमा एसपी शाहले पत्रकार मोजिबुल्लाहलाई छाडिएको जानकारी दिँदै निर्दोष पत्रकार पक्राउ परेको भन्दै माफी पनि मागेका थिए ।

यसरी गल्ती स्वीकारेका एसपी शाहलाई तुरुन्तै प्रहरी प्रधान कार्यालयमा तानेर कारवाही थाल्नु पर्नेमा उल्टै आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको मनोबल गिर्ने भन्दै जोगाउन लागेको प्रहरी स्रोतको भनाइ थियो ।

गत साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको थियो ।

पत्रकार फसाउने प्रहरी रौतहटका एसपी शाहका घुमुवा हुन्, शाह असुलीमा बदनाम मानिन्छन्। ती घुमुवाको गलत क्रियाकलापको बारेमा पत्रकार मोहम्मदले स्थानिय अनलाइनमा समाचार लेखेका थिए । शाहकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइएको खुलेको हो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?