Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

सर्वोत्तम स्टीलको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जस्थित सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ । घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दास छन् ।

उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत युपी लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दिपक कुमार र भारत दरभंगा बस्ने १८ वर्षीय रविंकु दासको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा अधिकांश भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । कम्पनीको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएर लाग्दा श्रमिकहरु घाइते भएको उनले बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?