Thursday, September 19, 2024

ट्रेन्डिङ :

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?