Thursday, September 19, 2024

ट्रेन्डिङ :

सरकारमा जाने एकीकृत समाजवादीको निर्णय, मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

तर मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको छ । ‘सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ एक नेताले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । २ भदौमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

‘हामीले सरकारमा सहभागी हुने निर्णय गरेका छौं । मन्त्रालय संख्या पनि लगभग टुंगिएको छ,’ ती नेताले भने । तर कुन–कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।

सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय लिने भद्र सहमति भएको छ । मन्त्री संख्या भने टुंगिन बाँकी छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?