Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

बलात्कारका आरोपी गाउँपालिका अध्यक्ष शुक्ला ५ लाख ५० हजार धरौटीमा रिहा

spot_img
spot_img

बुटवल । बलात्कारको आरोपमा पक्राउ परेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला धरौटीमा छुटेका छन् । जबर्जस्ती करणी मुद्दा लागेका अभियुक्त शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटीमा मंगलबार छुटेका हुन् । रुपन्देही जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएलगत्तै उनी छुटेका छन् ।

स्थानीय एक महिलाले जबर्जस्ती करणीको उजुरी दिएपछि प्रहरीले शुक्लालाई गत साउन २८ गते पक्राउ गरेको थियो । दुवै पक्षको बहसपछिअदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको अदालतका स्रेतेदार शोभाकर खरेलले जानकारी दिए ।

शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए । प्रहरी हिरासतमा बसेको १३औँ दिनमा शुक्ला छुटेका हुन् । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?