Thursday, September 19, 2024

ट्रेन्डिङ :

राप्ती प्रादेशिक अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित

दाङ । भदौ १३ राप्ती प्रादेशिक अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । प्रादेशिक अस्पतालसहित तुलसीपुरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीले आइतबार विरोध गर्दै सडकमा निस्केका हुन् ।

अस्पतालका डाक्टरमाथि दुर्व्यवहार भएपछि उक्त घटनाका दोषीलाई कार्बाहीको मागसहित उनीहरूले बजार परिक्रमा गरेका हुन् ।

घटना भएको तेस्रो दिनसम्म पनि घटनामा संलग्न दोषी पक्राउ पर्न नसकेको भन्दै उनीहरु आक्रोसित बनेका छन् । दोषी पक्राउ नपर्दासम्म अस्पतालका आकस्मिक, डायलायसिस र सुत्केरी सेवाबाहेक अरु सेवा बन्द गरिएको संघर्ष समितिका सम्योजक डा ॐ अर्यालले बताए । उनले दोषी्लाई कारवाही नभएको हुँदा आन्दोलन सडकमा केन्द्रीकृत गरेको बताए ।

चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध हुँदा अस्पतालमा आउने बिरामीले सास्ती पाएका छन् । अस्पतालमा अन्य सेवा बन्द गरेर उनीहरु आन्दोलनमा हुँदा उपचारका लागि अस्पतालमा आएका बिरामीहरु त्यसै फर्किन बाध्य भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनामा संलग्न दोषी उम्कन नसक्ने बताए ।

शुक्रबार दिउँसो २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहितका युवाहरूले डा. सिंहमाथि दुर्व्यवहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवाद भएपछि परियारसहितको टोलीले डा. सिंहलाई मोसो दलेपछि अहिले अस्पताल तनावग्रस्त बनेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सेवा नरोक्न आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेका छ्न ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?