Tuesday, December 24, 2024
spot_img

ट्रेन्डिङ :

तालिबानको त्रास, अफगानिस्तानबाट २० हजार पाकिस्तानी नागरिक विस्थापित

spot_img
spot_img
spot_img

काठमाडौं : तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट अहिलेसम्म २० हजार पाकिस्तानी नागरिक विस्थापित भएका छन्। यो सङ्ख्या विमानबाट पाकिस्तानको केन्द्रीय राजधानी इस्लामाबाद विमानस्थलमा आउनेहरूको मात्रै भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

तालिबान विद्रोहीहरूले यही अगस्त १४ तारिखका दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएदेखि अहिलेसम्म काबुलबाट इस्लामाबादसम्म ३३२ उडान भएका छन् । सो उडान मार्फत ती विस्थापितहरू पाकिस्तान आइपुगेका हुन्। अफगानिस्तानमा रहेका धेरै मानिसले अफगानिस्तान छोड्न चाहेको र काबुल विमानस्थलमा ठूलो भीड लागेपछि पाकिस्तानले विषेश उडानसमेत सञ्चालन गरेको थियो।

छिमेकी देशको सामान्य दायित्वका रूपमा उनीहरूलाई उद्धार गरिएको र असीमित मानिसलाई ल्याउन पनि नसकिएको पाकिस्तानी अधिकारीहरूको भनाइ छ। पाकिस्तानको सीमानाकाबाट अहिले दैनिक १८ हजार मानिस आउने जाने गरेका छन्, चामन नाकाका कोरोनाभाइरस स्वास्थ्य समूहका प्रमुख हमिद उल्लाहले भने।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?