Thursday, January 16, 2025

ट्रेन्डिङ :

स्वास्थ्य मन्त्रालयका ८ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर

spot_img
spot_img
spot_img

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । डा. शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोख्रेललाई डा. लालको ठाउँमा लगिएको छ ।

त्यसैगरी क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने उनको ठाउँमा डा. प्रकाश शाहलाई ल्याइएको छ । भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ । सो अस्पतालका मेसु डा. रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?