काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ताको बचाउ गर्दै राष्ट्रपति जो बिडेनले मंगलबार भने, फेब्रुअरी २०२० मा ट्रम्प प्रशासनले तालिबानसँग सेना फिर्ता गर्ने सम्झौता गरेको थियो। यो सम्झौता पछि, हामीसँग दुई विकल्प थिए । पहिलो सम्झौता स्वीकार गर्नु र दोसा्रे युद्ध जारी राख्नु र यसका लागि अधिक सैनिकहरु पठाउनु । बिडेनले भने, उनी एक अन्तहीन लडाई जारी राख्न चाहँदैनथे । जसरी भएपनि त्यहाँ बाट बाहिरिने योजनामा थिए ।
अमेरिकाले अफगानिस्तानमा आफ्नो अभियान समाप्त गर्यो, तर यसले के पायो भन्ने विषयमा भारतको एक अंग्रेजी पत्रिका द हिन्दूले एक विश्लेषण प्रकाशित गरेको छ। अखबारले आफ्नो विश्लेषणमा लेखेको छ, बाईडेनले मंगलबार भने, अमेरिकाले अफगानिस्तानमा तालिबानको शासनको कारणले होइन । ११ सेप्टेम्बरको आक्रमणपछि अमेरि।का अफगानिस्तानमा गएको हो ।
शुरुमा बिडेनले भने, मेरिका अफगानिस्तानमा एक राष्ट्र निर्माण गर्न गएको थिएन। अमेरिकाको प्रारम्भिक उद्देश्य अल कायदालाई नष्ट गर्नु र ओसामा बिन लादेनलाई पक्रन वा मार्नु थियो। बिडेनको तर्क थियो, तालिबान अमेरिकाको मुख्य शत्रु होइन र यसलाई हराउनु पनि प्राथमिकता थिएन। अखबारको विश्लेषण अनुसार, यो सत्य हो कि, अमेरिका सेप्टेम्बर ११ को हमलाको कारण अफगानिस्तान गयो। तर बिडेनले तालिबानको बारेमा के भनेका छन्, उनका पूर्ववर्तीहरुले सोचेका थिएनन्।
डिसेम्बर २००१ मा तालिबानले बिना शर्त आत्मसमर्पणको प्रस्ताव राखेको थियो तर जर्ज डब्ल्यू बुशले त्यो प्रस्ताव अस्वीकार गरे। तालिबान शासनको विनाश पछि पनि अमेरिकाले अफगानिस्तान छोडेन। सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि पनि अमेरिकाले अफगानिस्तान छोडेको थिएन। इस्लामिक गणतन्त्रलाई बचाउन नसके र तालिबानको फिर्ताले आतंकवाद विरुद्ध वैश्विक लडाईलाई कमजोर बनाउने अमेरिकी नेताहरुलाई विश्वास थियो ।
द हिन्दूले आफ्नो विश्लेषण मा लेख्छ, अझै विवादास्पद छ कि तालिबान विगत २० वर्षहरुमा परिवर्तन भयो वा भएन तर अमेरिकाको विदेश नीति यी २० वर्षहरुमा उल्लेखनीय परिवर्तन भएको छ। अमेरिकाले तालिबानलाई सत्ताबाट हटाउनुका साथै आतंकवाद विरुद्धको लडाई जित्नु अमेरिकाको एक महत्वपूर्ण उद्देश्य थियो । तर २०२१ मा तालिबानको विजयपछि अमेरिका आफैं त्यहाँ बाट बाहिरियो। बिडेन सिद्धान्त अनुसार, तालिबान अब अफगान नागरिकहरुको लागी एक समस्या हो न कि अमेरिकी नागरिकहरुको लागी।
अमेरिका, इरान, इराक, कुर्दिश, शिया मिलिशिया, सिरिया र रुसले मिलेर आईएसका ठिकानहरु ध्वस्त पारे। तर इराक र सिरियामा इस्लामिक स्टेट अझै बलियो छ। इस्लामिक स्टेटले विभिन्न क्षेत्रहरुमा आफ्नो नयाँ गुटहरु गठन गरेको छ । जस्तै आईएस पश्चिम अफ्रिका प्रान्त र अफगानिस्तानमा आईएस खोरासान प्रान्त इत्यादी । आईएसकेपीले अगस्टमा काबुल विमानस्थलमा भएको हमलाको जिम्मेवारी लिएको छ।
यस आक्रमणमा १३ अमेरिकी सैनिक मारिएका थिए। अफ्रिकामा अल कायदाको पनि बलियो उपस्थिति छ। हालैका वर्षहरुमा अल कायदाले यी क्षेत्रहरुमा धेरै घातक हमलाहरु गरेको छ। २००१ मा, अलकायदा अफगानिस्तानमा सीमित थियो, तर अब यो संसारभरि फैलिएको छ। द हिन्दूले आफ्नो विश्लेषणमा लेखेको छ, अमेरिकाले अफगानिस्तानमा अल कायदाको नेटवर्क तोड्ने र ओसामा बिन लादेनको हत्याको श्रेय लिन सक्छ। तर अमेरिकामाथि अझै प्रश्न छकी के अफगानिस्तान बस्न २० वर्ष आवश्यक थियो ? के दुई खरब डलर खर्च जायज हो ? २३०० सैनिकहरू मारिनु आवश्यक थियो ?