सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो ।
भरतपुर–१७, सिमलडाँडामा ७ साउनमा गुरुङको शव भेटिएको थियो । ढकालको बयानबाट उनले एसएमजी हतियार चोरी साथीलाई गोली हानेको खुलेको थियो ।
उनीबाट बरामद हतियार चोरीको अभियोगमा दुई सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् । गुरुङलाई जन्मकैदको फैसला भएसँगै गुरुङ र तामाङको विषयमा पनि सैनिक विशेष अदालतले आदेश गर्दैछ ।
सैनिक स्रोतले भन्यो, ‘सम्भवतः भोलि उहाँहरुको पक्षमा फैसला हुनेछ ।