Thursday, September 19, 2024

ट्रेन्डिङ :

हेटौँडाकी उपमेयर लामासहित २५ जना एकीकृत समाजवादीमा

हेटौँडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जनाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामासहित २५ जना जनप्रतिनिधि नेकपा एसमा खुलेका हुन् ।

बिहीबार मकवानपुरका १० वटा स्थानीय तहका २५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि गत भदौ १५ गतेदेखि २२ गतेसम्म नवगठित पार्टी नेकपा एसमा सनाखतका लागि समय सीमा दिइएको छ । उपमेयर लामासँगै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले नेकपा एसमा सनाखत गरेका हुन् ।

त्यस्तै थाहा नगरपालिकाका वडा ११ का वडा अध्यक्ष किरणमान बलसहित अर्का एक वडा अध्यक्षले नेकपा एसमा सनाखत गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?