Thursday, September 19, 2024

ट्रेन्डिङ :

पूर्व प्रधानमन्त्री खनाललाई निवासमै पुगेर प्रधानमन्त्री देउवाले दिए स्वास्थ्य लाभको कामना

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा निवासमै पुगेका छन् ।

भारतको नयाँदिल्लीमा उपचार गराएर हालै स्वदेश फर्किएका खनाललाई भेट्न देउवा निवासमै पुगेका हुन् । खनालसँगको भेटबारे फेसबूकमार्फत जानकारी दिँदै प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्य निकै सुधार भएको जनाएका छन् ।

देउवाले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालजीको निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए । उहाँको स्वास्थ्यमा निकै सुधार भएको रहेछ । झलनाथजीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?