Friday, September 20, 2024

ट्रेन्डिङ :

सेजन अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित हुनुभएको छ । उहाँले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित हुनुभएको छ । सदस्यमा राष्ट्रिय समाचार समिति ९रासस०का संवाददाता चेतबहादुर अधिकारी९सिबी०, अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित हुनुभएको छ ।

यसअघि आजै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उद्घाटन सत्रमा सेजनका पूर्वअध्यक्ष, प्रतीक प्रधान, गोपाल तिवारी, गोकर्ण अवस्थीलगायतले आर्थिक पत्रकारिताको विकास र विस्तारका लागि सेजनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिनुभएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?