Friday, September 20, 2024

ट्रेन्डिङ :

दार्चुलाको दुहुँका बाढी पहिरो पिडित परिवारलाई गाउँपालिकाले राहत दिने

दार्चुला । दुहुँ गाउँपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिव्यक्ति ५० हजार राहत उपलब्ध गराउने भएको छ ।

गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले भाद्र १३ गतेको बाढी पहिरोमा ज्यान गुमाएका मृतक परिवारलाई ५० हजार र पूर्ण घर क्षति भएका बाढी पहिरो पीडितहरुलाई २५ हजार राहत दिने निर्णय गरेको छ ।

गाउँपालिकाभित्रका एक सय ५० घर परिवार बाढी पहिरोका कारण विस्थापित हुनुपर्ने अवस्था रहेकाले उनीहरुको पुर्नस्थापनाका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायमा माग गर्ने निर्णय पनि गरिएको छ । बाढी पहिरोका कारण घर पूर्ण क्षति भएका र विस्थापित परिवारलाई खाद्यान्न राहत उपलब्ध गराउने, तत्काल अबरुद्ध बाटो घाँटो सञ्चालन गरी जनजीवन सहज गर्न वडालाई जिम्मेवारी दिने निर्णय पनि गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।

बाढी पहिरोका कारण प्रभावित भएको जनजीवनलाई सामान्य बनाउन अल्पकालिन र दर्घकालिन उद्वार तथा पुनस्थापानाको काम अगाडी बढाइने भन्दै पीडित परिवारलाई धैर्यधारण गर्न अपिल समेत गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?