Thursday, September 19, 2024

ट्रेन्डिङ :

थप १०८९ कोरोना संक्रमित, २० जनाको मृत्यु

काठमाडौँ । आइतवार नेपालमा थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जनामा र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको छ।

आइतबार १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो केही दिनदेखि नेपालमा कोभिड संक्रमण घट्दै गइरहेको सरकारको तथ्यांकले देखाएको छ ।

यस्तै आजकै दिन काठमाडौँ उपत्यकामा ४५३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना संक्रमित थपिएका हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?