Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

भारतलाई पठाएको कूटनीतिक नोटबारे सरकारले संसदलाई जानकारी गराउने

spot_img
spot_img

काठमाडौं । सरकारले दार्चुला घटनाको विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे प्रतिनिधिसभालाई जानकारी गराउने भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन भदौ २३ गते बुधबार दिउँसो ४ बजे बोलाइएको छ । उक्त बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा नेपाली युवक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे जानकारी दिन लागेका हुन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सचेतक पुष्पा भुसालले सरकारे कुटनीतिक नोटबारे संसदलाई जानकारी गराउने बताइन् ।

सरकारले दार्चुला घटनाबारे अध्ययन गर्न गठित समितिले तुइन दुर्घटना एसएसबीको उपस्थितिमा भएको प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनको आधारमा सोमबार नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियो ।

नेपाली कांग्रेसले बुधबारको अधिवेशनमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?