Monday, March 17, 2025

ट्रेन्डिङ :

फातिमा सुमारको प्लेकार्ड बोकेर युवाहरुद्वारा एमसीसीको विरोध

spot_img
spot_img

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा काठमाडौँको मीनभवन क्याम्पस अगाडि प्रदर्शन भएको छ । उन्मुक्त पुस्ताको आह्वानमा युवाहरुले बुधबार प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसिसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने तयारी रहेका बेला युवाले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदर्शनकारीले सुमार र एमसिसीको विरोध गरिएका प्लेकार्ड बोकेका थिए । सरकारले विदेशी दातृ निकायको विरोध नगर्न चेतावनी दिए पनि दिनहुँ जसो एमसिसीविरुद्ध प्रदर्शन हुँदै आएको छ । बुधबार नै एसमिसीको विरोधमा नयाँ बानेश्वरमा पनि प्रदर्शन भइरहेको छ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरि परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। तर सो परियोजना देश हितमा नरहेको भन्दै विरोध प्रदर्शन भएको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?