Friday, September 20, 2024

ट्रेन्डिङ :

२४ घण्टामा १६४० संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं । कोभिड १९ संक्रमण आज एक हजार ६ सय ४० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ५५ जनामा परीक्षण गर्दा एक हजार ६ सय ४० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो तथ्यांकले नेपालमा संक्रमण दर घटेको देखाएको छ । नेपालमा संक्रमणको दर १९.४ प्रतिशत पुगेको छ । यसअघि १९.५ प्रतिशत रहेको थियो ।

सक्रिय संक्रमित २९ हजार ४ सय ७९ जना रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज दुई हजार १ सय ६१ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३३ हजार १ सय ६१ जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९४ दशमलव ८ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ८ सय ८९ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३ सय ६७ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ४ सय ८८ जना सघन उपचार कक्ष (आईसीयू), १ सय ४० जना भेन्टिलेटर, २७ हजार ६ सय ९० जना होम आइसोलेसन, एक हजार ७ सय ८९ जना संस्थागत आइसोलेसन र २ सय ५६ जना क्वारेन्टिनमा छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?