Friday, September 20, 2024

ट्रेन्डिङ :

मुख्यमन्त्री शाक्यद्वारा मन्त्रिपरिषद् विस्तार, थपिए ७ मन्त्री र ४ राज्यमन्त्री

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ७ मन्त्री र ४ राज्यमन्त्री थपेकी हुन् ।

भदौ २ मा बागमतीको मुख्यमन्त्री बनेकी शाक्यले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी थिइनन् । उनले २ भदौमा कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

यस्तै रचना खड्का आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएकी छन् भने विजय सुवेदी सामाजिक विकासमन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।

यसैगरी प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वस्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथ सहकारीमन्त्री नियुक्त गरिएको छ ।

यस्तै, जीवन खड्का, सरस्वती बाटी, जुनेली र बद्री मैनाली राज्यमन्त्रीमा नियुक्त भएका छन् । खड्का भौतिक पूर्वाधार विकासराज्यमन्त्री, बाटी उद्योग राज्यमन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त ७ मन्त्री र ४ राज्यमन्त्रीले आजै शपथ लिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?