Friday, September 20, 2024

ट्रेन्डिङ :

एमसीसीबारे सरकारको प्रश्न र अमेरिकाको जवाफ (पूर्णपाठसहित)

काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ फर्काएको छ । सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो ।

गत शुक्रबार अर्थमन्त्रालयले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरुबारे स्पष्ट जवाफ दिन अनुरोध गरेको थियो ।

‘लिखित रुपमा नै अमेरिकी सरकारले जवाफ फर्काएको छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने,’जवाफीपत्रमा के छ भन्नेबारे अध्ययन हुँदैछ ।’

नेपाल सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो-प्यासेफिक रणनीति’को अंग भए/नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको/नजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको थियो ।

एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहने/नहरने र संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि सोधिएको थियो ।

लेखा परीक्षणका व्यवस्थादेखि जे जति बुँदाहरुमाथि प्रश्न उठेका छन्, ती सबै विषयमा स्पष्ट गर्न आग्रह गरेपछि अमेरिकाले त्यसको जवाफ दिन सकिने भन्दै स्वागत गरेको थियो ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था नेपाल आउनुभन्दा ठीक अघि नेपाल र अमेरिकन सरकारबीच एमसीसीबारे नै पत्र आदान-प्रदान भएको हो ।

२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । एमसीसी पास गर्ने/नगर्नेबारे नेपालका दलहरु विभाजित छन् । आम जनस्तरमा पनि एमसीसीबारे सकारात्मक धारणा छैन ।

हेर्नुहोस् पूर्णपाठ-

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?