Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज

spot_img
spot_img

काठमाडौँ- सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज गरेको छ । कांग्रेसका महासमिति सदस्य एवं वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै १८ भदौमा रिट दायर गरेका थिए ।

बिहीबार सो रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट निवेदन खारेज गरिदिएको हो ।

वैद्यले रिटमार्फत् महामारीको समयमा महाधिवेशन गर्दा कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै नियन्त्रण भएपछि मात्रै महाधिवेशन गर्ने गरी आदेश माग गरेका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?