Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

एमसीसी अघि बढाए कडा प्रतिकार गर्ने विप्लव समूहको चेतावनी

spot_img
spot_img

काठमाडौंँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले एमसीसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए । उनले आगामी भाद्र २८ गते काठमाडौँमा बृहत प्रदर्शन गर्ने जानकारी दिए । एकहप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

विश्वकर्माले एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरे । यसअघिको एमाले नेतृत्वको बहुमतको सरकार भएपनि जनताको विरोध हुने भएकाले एमसीसीलाई ओलीले अघि नबढाएको हुनसक्ने उनले बताए । उनले एमसीसीलाई गठबन्धन सरकारले सदनमा लगे इतिहासकै ठुलो अपराध हुने जिकिर गरे ।

विश्वकर्माले युरोपियन अमेरिकन युनियनलगायत विदेशी शक्तिसँगको सम्झौतामा गठबन्धन सरकार बनेको आरोप लगाए । उनले राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेकाले नै आफूहरु बाहिर आउनुपरेको धारणा राखे ।

फरक प्रसंगमा उनले संसदीय प्रणालीका बारेमा जनमत संग्रह गर्नुपर्ने र जनताको जस्तोसुकै फैसलालाई पनि स्वीकार गर्न आफूहरु तयार रहेको बताए ।

विश्वकर्माले सरकारसँग भएको तीन बुँदे सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सहमति कार्यान्वयन नभए जनतामाझ जाने चेतावनी दिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?