Thursday, January 16, 2025

ट्रेन्डिङ :

माधवकुमार नेपालको पार्टीले एक सिट पनि नजित्ने विष्णु पौडेलको दाबी

spot_img
spot_img
spot_img

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले माधवकुमार नेपालको पार्टीले आगामी निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरेका छन् । एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताए । ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’ पौडेलले भने, ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ।’

पार्टी विभाजनमा कुनै सैद्धान्तिक वैचारिक कारण नभएको पौडेलको दावी छ । ‘२०७४ सालको एमाले विभाजन बरु सिद्धान्तमा आधारित थियो, महाकाली सन्धि लगायत राष्ट्रियताका मुद्दाहरु थिए’ पौडेलले भने, ‘तर अहिले कुनै एजेण्डाका आधारमा विभाजन भएको छैन ।’ नेता पौडेलले दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने सरकारले अरु केही गर्न नसक्ने दावी गरे । गत फागुनमा सर्वोच्चको फैसलापछि तत्कालीन नेकपालाई पुन एकतावद्ध बनाउन खोजेपनि प्रचण्ड, माधव नेपालहरु कांग्रेसको पछि लाग्न तयार भएकाले पार्टी विभाजन भएको पौडेलको जिकिर छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?