Thursday, January 16, 2025

ट्रेन्डिङ :

विश्वासको मत नपाए सहजै मुख्यमन्त्री पद परित्याग गर्छु : शाक्य

spot_img
spot_img
spot_img

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकार अल्पमतमा भएकाले विश्वासको मत नपाए सहजै छाड्ने बताएकी छन् । शनिबार सिन्धुली एमाले कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफू विश्वासको मत लिने तयारीमा रहेको बताएकी हुन् ।

उनले बाध्यतापूर्ण जिम्मेवारी आइलागेकाले मुख्यमन्त्री पदमा रहनु परेको चर्चा गर्दै शाक्यले छोटो समयमा राम्रो काम गर्ने दाबी गरिन् । सरकारको समय छोटो भनेर दिनगन्ती गर्नुको सट्टा काममा जुटेको मुख्यमन्त्री शाक्यले बताइन् । एमालेभित्र यतिबेला समस्या आएका काम गर्न अप्ठेरो भइरहेको भन्दै मुख्यमन्त्री शाक्यले फुटले शक्ति पैदा नहुने भएकाले आमने-सामने भएर छलफल गर्नुपर्ने धारणा राखिन् ।

माधव नेपाललाई एमालेमा फर्किन अनुरोध गर्दै उनले पार्टीमा व्यक्ति ठूलो नहुने बताइन् । हरिहरपुरगढी गाउँपालिकाको महेन्द्रझ्याडीमा विद्यालय भवन उद्घाटनका लागि आएकी यहाँ आएकी हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?