Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन माग

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।

उहाँले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो सम्झौता जतिसक्दो चाँडो खुला गर्न माग गर्नुभएको हो ।

आज यहाँ आयोजित नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले अहिले धेरै जलविद्युत् कम्पनीले अर्बाैं रुपैयाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको भन्दै नेपाल सरकारका सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यसबाट लागत र अन्योल बढेको जानकारी ऊर्जामन्त्री पम्फा भुसाललाई गराउनुभएको थियो । मन्त्री भुसालसमेत सहभागी उक्त कार्यक्रममा ढकालले भन्नुभयो, “अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आशङ्का, अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नु भएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्नसकेमा मात्र आर्थिक विकास हुन्छ ।”

वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युत्को खपत बढ्नसक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्न पनि सुझाव दिनुभयो । उहाँले ऊर्जा क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिने गरी परिणाम निकाल्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?