Monday, April 28, 2025

ट्रेन्डिङ :

तेस्रो धारका नेताहरूलाई ओलीले भने-तपाईंहरुको माग बैठकको एजेण्डा बन्नै सक्दैन

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेको तेस्रो धारका नेताहरु पार्टी एकता गर्न बनाइएको १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै केन्द्रिय कमिटी बैठकमा सरिक नहुने भनिरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले त्यसको ठाडै प्रतिवाद गरेका छन् । एमाले तेस्रो धारका नेताहरुको मागे र अहिलको बैठकको एजेण्डा फरक रहेको भन्दै ओलीले उनीहरुको मागको ठाडो प्रतिवाद गरेका हुन् ।

अध्यक्ष ओलीले शुक्रबारको बैठकमा भने, ‘यो बैठकका एजेण्डा फरक छन् । विधान महाधिवेशनसँग सम्बन्धित एजेण्डा भएकाले यससँग केन्द्रित रहेर मात्रै छलफल हुन्छ । तपाईंहरुको यो माग यो बैठकको एजेण्डा नै बन्न सक्दैन ।’ अध्यक्ष ओलीले दायाँबायाँ नगरी विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले विभिन्न प्रतिवेदनमाथि गहिरोमा पुगेर छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने धारणा व्यक्त गरे ।

तर, तेस्रो धारका नेताहरुले १० बुँदे सहमती अघि नबढी विधान महाधिवेशन अघि नबढ्ने भन्दै बैठकमा उपस्थित नहुने चेतावनी दिएका थिए । तर, ओलीले उक्त मागलाई बेवास्ता गर्दै आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताए ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ । त्यसको तयारी स्वरुप एमालेले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको छ ।

माधव नेपाल समूहमा सहभागी नभई एमालेमै रहेका तेस्रो धारका १० नेताहरु आफूनिकट केन्द्रिय सदस्यले उठाएको मुद्धामा सहमती जनाएका छन् । तर, अध्यक्ष ओलीले उनीहरको मागलाई अहिले सम्बोधन गर्न चाहेका छैनन् ।

नेपालको साथ छाडेर भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त फर्किएका छन् ।

यसअघि १० बुँदे सहमतीअनुसार एमाले एकता भई अघि बढेको सन्देश दिएका अध्यक्ष ओलीले तेस्रो धारका नेताहरूले उठाएको १० बुँदे सहमतिप्रति विमती जनाएका छन् । उनी केवल विधान महाधिवेशनमा जुट्न आह्वान गर्दछन् । महासचिव ईश्वर पोखरेलले १० बुँदे प्रस्ताव हुबहु नहुने बताइसकेका छन् । उनले १० बुँदे हुबहु भन्दा पनि रचनात्मक ढङ्गले कार्यान्वयन हुने बताएका छन् ।

तर, यता तेस्रो धारका नेताहरु १० बुँदे माग अक्षरस पालना नभएसम्म कुनै कदम अघि चाल्न तयार नहुने अडानमा छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?