Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

spot_img
spot_img

कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयवासीसँग छलफल थालिएको छ ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले कार्यालय स्थापनाका लागि पहल थाल्नु भएको हो । “नगरपालिकाले जग्गा उपलब्ध गराए ६ महिनाभित्र प्रिफ्याब भवन निर्माण गछौँ, ट्रायल सेन्टरसहितको यातायात कार्यालय स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसके काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगकै अन्य नगरपालिकामा यातायात कार्यालय स्थापना गरिने उहाँको भनाइ थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु सिम्खडा पुडासैनीले जग्गा व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले कागेश्वरीमा यातायात कार्यालय स्थापना गर्न जग्गाको व्यवस्था नभए आफ्नो वडामा पहल गर्न तयार रहेको बताउनुभयो । उक्त क्षेत्रमा कार्यालय स्थापना गर्न सकेमा बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरका साथै यस क्षेत्रमा सीमा जोडिएका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरका बासिन्दा लाभान्वित हुने देखिन्छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?