Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

श्रीपेच लगाउन खोज्ने खेमबहादुरले भने- ‘श्रीपेच लगाएर नारायणहिटीबाट शासन चलाउने सोच आयो’

spot_img
spot_img

काठमाडौं । पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुर घर्तीलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । प्रहरीले २५ वर्षका खेमबहादुरमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।

शुक्रबार उनलाई नारायणहिटी संग्रहालयबाट श्रीपेच लान खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको म्हैपी बस्ने घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरेका थिए । उनी एक्लै संग्रहालयमा छिरेका थिए । खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अस्वभाविक हर्कत गरेको बताइन्छ । श्रीपेचको सोकेशमा किन हिर्काउन खोजेको ? भन्ने प्रहरीको प्रश्नमा खेम बहादुरले भनेका छन्–‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ ।’

श्रीपेच लगाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोच आएपछि सोकेश फुटाउन खोजेको खेमबहादुरले प्रहरीलाई बताएका छन् । प्रहरीको सम्पर्कमा पुगेका उनका परिवारका सदस्यले भने उनको मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको बताएका छन् ।

काठमाडौंका एसएसपी अशोक सिंहले योजनाबद्ध तरिकाले उनले श्रीपेच चलाउन खोजेको नदेखिएको बताए । ‘आकस्मिक सोचका कारण गलत हर्कत गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौं ।’ एसएसपी अशोक सिंहले भने । मानसिक समस्याका कारण आकस्मिक सोचका कारण उनले संग्रहालयमा त्यस्तो व्यवहार देखाएको प्रहरीको निष्कर्ष छ । काठमाडौं प्रहरीले उनीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हित विरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?