Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

समूहगत छलफल सकियो, माधव नेपाल छाडेर एमालेमै रहेका नेताहरू भूमिकाविहीन

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल गरिएको छ ।

केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राखेका छन् । एक नेताका अनुसार उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्नेछ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल छाडेर एमालेमै रहेका नेताहरू भने भूमिकाविहीन भएका बनेका छन् । शुक्रबारको बैठकमा पेस भएका दस्तावेजमाथि छलफलका लागि १० वटा समूह बनाइए पनि शनिबार समूहगत छलफलको निष्कर्ष सुनाउने टोली नेतामा नेपाल छोडेर आएकाले जिम्मेवारी पाएका छैनन् ।

समूह प्रदेशका आधारमा बनाइएको छ । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनसंगठनबाट खिमलाल भट्टराई टोली नेता छन् ।

प्रतिवेदन मस्यौदामाथि टोली नेताहरुले राखेको सुझावको जवाफ दिएपछि बैठक सकिनेछ । १५–१७ असोजमा हुने एमाले विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले संगठनात्मक र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पारेको एक नेताले बताए ।

समूहगत छ्लफलको सुझावपछि अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने छन् । विधान संशोधन प्रस्तावमा पार्टी अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिव नेतृत्वमा कार्यालय रहने भन्ने व्यवस्था उपयुक्त नहुने विषयमा उपत्यका विशेष समन्वय कमिटीले सुझाव दिने भएको छ ।

अध्यक्षको परामर्शमा महासचिवले सचिवालयको नेतृत्व गर्ने र प्रशासनिक काम यसभित्र एउटा क्षेत्र बनाउने र सचिवालयले कार्य प्रणालीलाई आधार बनाएर पार्टी अध्यक्षले स्थायी कमिटी र केन्द्रीय कमिटीमा विषयवस्तु प्रस्तुत गर्ने प्रणाली नै उपयुक्त हुने सुझाव दिने भएको छ ।

शुक्रबारको बैठकमा भीम रावलसहितका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए। एमाले केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी छ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?