Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

काँग्रेसले टुङ्ग्यायो ५ जिल्लामा क्रियाशील सदस्यता विवाद

spot_img
spot_img
spot_img

काठमाडौं । नेपाली काँग्रेसले ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । शनिबार ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताए ।

बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् । पाँच जिल्लामा भोलि नै निर्वाचन अधिकृत खटाइने पोखरेलले बताए । काँग्रेसको निर्णयअनुसार दसैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?