Monday, April 28, 2025

ट्रेन्डिङ :

मैले गरेको संसद विघटन सदावहार ठिक : ओली

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सदावहार ठीक रहने बताएका छन् । आइतबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा संसद विघटन हिजो, आज र भोलि पनि ठिक रहने बताएका हुन् । उनले भने, ‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो । ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’

बैठकमा अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोच विचार गरेरै गरेको तर, बीचमा अनेक षड्यन्त्र हुँदा संसद विघटन भएको पनि बताएका छन् । उनले भने, ‘माओवादीसँगको एकता सोचविचार गरि नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन ।’,

बैठक आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न आयोजित कार्यक्रम थियो । शनिबार सातै प्रदेशका टोली नेता र अन्य ३ गरि १० वटा समूहका टोली नेताले आफ्नो बैठकमा आफ्नो सुझाव राखेका थिए । आज आइतबार १० समूहका टोली नेताले तयार पारेको सुझाव प्रतिवेदनबारे अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यक्रम थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?