Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

ओलीको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति

spot_img
spot_img
spot_img

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् ।

केन्द्रीय कमिटीको दुई दिन चलेर आइतबार सकिएको बैठकले पारित गरेको ओलीको राजनीतिक प्रतिवेदनका केही विषयमा भुसालले विमति सहित फरक मत राखेका छन् ।

उनले संसद् विघटन गर्नु गलत भएको कुरा स्वीकारेर जानुपर्ने, समाजवादी कार्यक्रम के हुने ? र जबज कसरी कार्यान्वयन हुन्छ ? भनेर थप व्याख्या आवश्यक रहेको भन्दै आफ्नो फरक धारणा राखेका छन् । ‘कहाँ कहाँ कमजोरी भयो, एकताको प्रक्रियामा सचिवालय र स्थायी कमिटी पनि दोषि छ । फागुन २८ को कदम पार्टी कब्जा गर्ने थियो त्यसको परिणाम हामी अहिले भोगिरहेका छौं’ भुसालले पार्टीको बैठकमा राखेको विमतीमा छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?