Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

तिलाठी कोइलाडीका बाढी-पहिरोपीडितलाई राहत हस्तान्तरण

spot_img
spot_img

सप्तरी, १० असोज

नेपाल-भारत महिलामैत्री समाजले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी-पहिरोपीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

आइतबार राजविराजमा आयोजित एक कार्यक्रममा मैत्री समाजले भारत सरकारबाट प्राप्त करिव १०० पीडित घरपरिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरेको हो ।

सप्तरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई महिलामैत्री समाजकी अध्यक्ष तथा संघीय सांसद चन्दा चौधरीले करिव ४२ लाख रुपैयाँ बराबरको राहत सामग्री पीडित परिवारका नाममा हस्तान्तरण गरेकी हुन् ।

सांसद चौधरीले राहत वास्तविक पीडित समक्ष पुर्‍याउन आग्रह गरिन् । प्रमुख जिल्ला अधिकारी गौतमले सहयोगका लागि भारत सरकार र महिलामैत्री समाजलाई धन्यवाद दिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?