Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

नेकपा (एस)का अध्यक्षमा वाग्ले निर्वाचित, ७५ सदस्यीय जिल्ला, नौ सदस्यीय सल्लाहकार कमिटी

spot_img
spot_img

ओखलढुंगा, ११ असाेज

नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा हंशराज वाग्ले चयन भएका छन् । जिल्ला भेलाबाट वाग्ले अध्यक्ष चयन भएका हुन् । उनी यसअघि नेकपाका प्रदेश १ कमिटीमा सदस्य तथा युवा तथा खेलकुद फाँटका सहइञ्चार्ज थिए ।

नेकपाको समानान्तर कमिटीका अध्यक्ष नेत्र भट्टराई केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चयन भएपछि कमिटी पुनर्गठन गरिएको हो । भट्टराईले ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गर्दै पदाधिकारी तथा सदस्यहरूको शपथ गराएका थिए ।

जिल्ला समन्वय समितिको हलमा भएको कमिटी घोषणा कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी ५१ जना नेकपा (एस)मा प्रवेश गरेका थिए ।

नेकपा एमालेका सचिवालय सदस्य रहेका पुराना कम्युनिस्ट नेता रामकुमार सुवेदी, नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य प्रवीण श्रेष्ठ, फत्त बोगटी एकीकृत समाजवादीको कमिटीमा समावेश भएका छन् । त्यस्तै, एमालेबाट तेजेन्द्र श्रेष्ठ र अनिता मगर एकीकृत समाजवादीको जिल्ला कमिटीमा आएका छन् ।

उनीहरूलाई इञ्चार्ज नेत्र भट्टराईले जिल्ला कमिटीको जिम्मेवारीमा तोकिएको बताए ।जिल्ला कमिटीका अन्य पदाधिकारीहरूमा उपाध्यक्षहरू मेखबहादुर खड्का, माबर सुनुवार र निर्मला श्रेष्ठ चयन भएका छन् । सचिव नरेन्द्रकुमार श्रेष्ठ, उपसचिवहरू रामकुमार सुवेदी, कमल खड्का, दीपक फुयाँल, सञ्जीप गुरुङ र अनिता गिरी छन् ।

भेलाबाट २५ सदस्यीय सचिवालय र सल्लाहकार समिति नाै सदस्यीय चयन गरिएको उपसचिव दीपक फुयाँलले जानकारी दिए । सल्लाहकार समितिको संयोजकमा एकराज खतिवडा छन् । जिल्ला कमिटी बैठकले युवा संघको पदाधिकारीलाई पूर्णता दिएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?