Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

१० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावल

spot_img
spot_img
spot_img

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानम भएको बैठकमा पहिले निर्माण गरिएको कार्यदलमा शंकर पोखरेललाई थप गर्ने र संयोजकमा रावललाई बनाउने निर्णय गरेको हो ।

‘कार्यदलमा पहिलेदेखि नै ६ जना हुनुहुन्थ्यो र त्यसमा एक जना शंकर पोखरेललाई थप गरी सात बनाइएको छ,’ एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने, ‘कार्यदलका संयोजक रावलले मंगलबार नै त्यसको बैठक बोलाउनु भएको छ ।’

एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो । तर केही स्थानमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेका असन्तुष्टि रहेको थियो । ‘धेरै ठाउँमा सहज रुपमा कार्यान्वयन भएको छ । केही स्थानमा समस्या देखिएको छ । त्यहाँ पनि समस्या समाधान उन्मुख छन् । यसलाई जिम्मेवारी दिएको साथीहरुले हल गर्ने भनेर अध्यक्षले निर्देशन दिनुभएको छ,’ भट्टराईले भने ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?