Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

१० लाख जरिवाना फैसला भएका खत्री कपनबाट पक्राउ

spot_img
spot_img

उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा रु १० लाख ६५ हजार ९०० जरिवाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र रु १० लाख ६५ हजार ९०० जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले आज काठमाडौँ कपनको बालुवाखानीबाट पक्राउ गरेको हो ।

खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका घर भई कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपश्चात् प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई ग्लोबल आइएमइ बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि खत्रीलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?