Thursday, January 16, 2025

ट्रेन्डिङ :

दुई वर्ष अघिको अवस्थामा आयो कारोबार रकम, तीन कम्पनीको मात्रै १० करोड बढीको कारोबार

spot_img
spot_img
spot_img

बिहीबार  पौने चार अर्ब रुपैयाँ भन्दा कमको मात्रै सेयर कारोबार भएको छ। सम्भवत २०७६ फागुन भन्दा पछि पहिलोपटक यति थोरै रकमको सेयर किनबेच भएको हो।

बुल बजारमा केहि असमान्य अवस्थामा बाहेक यति थोरै रकमको सेयर कारोबार भएको तथ्याङ्क भेटिदैन। लकडाउनको बीचमा र लगत्तै खुलेको बजारमा मात्रै थोरै रकमको कारोबार भएको थियो।

बिहिबार भने सुरुवातमा केही समय बजार बढ्न खोजेपनि कारोबार रकमले साथ नदिँदा निकै उतारचढावमा चलिरहेको थियो। अन्तिममा बजार ३२ अंकले घटेर २६३३ बिन्दुमा आएर बन्द भएको छ।

२६३३ बिन्दुको नेप्से ६ महिना अघिको भएपनि तीन अर्ब ७० करोड रुपैयाँ कारोबार रकम भने २०७६ फागुनमा मात्रै भएको थियो।

त्यसपछि बुल रनमा कुदेको बजारमा १० अर्ब, १५ अर्ब हुँदै दैनिक २० अर्ब रुपैयाँ सम्मको सेयर कारोबार हुने गरेको थियो। बुल बजारमा निकै कम सेयर कारोबार हुँदा पनि चार अर्ब रुपैयाँ भन्दा तल आएको थिएन्।

बिहीबार यसरी कारोबार रकम घटेपछि बजारले बियरिस ट्रेण्डको झल्को दिएको एक लगानीकर्ताले बताए।

बजार विश्लेषकहरु भने अझै एक वर्ष बुलरन रहने दावी गरिरहेका छन्। तर कारोबार रकमले साथ नदिएपछि नव प्रवेशी लगानीकर्ताहरुले भने घटेकै मूल्यमा सेयर बेच्न बाध्य भएका छन्।

‘बुलिस ट्रेण्डमा हुँदा सेयर बजार एक दिन घट्ने र तीन दिन बढ्ने हुन्छ। तर बियरिस ट्रेण्डमा बजार एक दिन बढ्ने र तीन दिन घट्ने हुन्छ। पछिल्लो २/३ हप्ताको कारोबारको ट्रेण्ड हेर्ने हो भने बजार एक दिन बढ्ने र तीन दिन घट्नेनै भइरहेको छ,’ एक विश्लेषकले भने।

बिहीबार म्युचुअल फण्ड सहित २२५ कम्पनीका ७३ लाख कित्ता सेयर ४९ हजार ८०० पटक किनबेच भएका छन्। सर्वाधिक कारोबार हुने कम्पनीको कारोबार रकम मुस्किलले १२ करोड रुपैयाँ पुगेको छ। १० करोड बढीको सेयर कारोबार हुने कम्पनीको संख्या जम्मा ३ वटा छ। टप फाइभ कम्पनीमा ९ करोड देखि १२ करोड रुपैयाँ सम्मको मात्रै सेयर कारोबार भएको छ।

नेपाल बैंकको १२ करोड, अपि पावरको १० करोड ८३ लाख, मेगा बैंकको १० करोड, हिमालयन डिष्टिलरीको ९ अर्ब ८४ लाख र पुनर्बिमा कम्पनीको नौ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ठिक १० प्रतिशतले बढेको छ।

गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, कर्पोरेट डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५/६ प्रतिशत सम्म घटेको छ।

म्युचुअल फण्ड, व्यापार र अन्य समूह बाहेक सबै उपसमूह राताम्मे भएका छन्। व्यापार समूह सर्वाधिक ११८ अंकले बढेको छ।

विकास बैंक समूह सर्वाधिक १५५ अंकले घट्दा, जीवन बीमा, निर्जीवन बीमा र उत्पादन समूह समान १०० अंक हाराहारी घटेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?