Tuesday, December 24, 2024
spot_img

ट्रेन्डिङ :

पूर्व फुटबलर नवीनको परिवारलाई आर्थिक सहयोग

spot_img
spot_img
spot_img

काठमाडौं, १५ असोज

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं त्रिभुवन आर्मी फुटबल क्लब प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुबाआमा दुवै क्यान्सर रोगबाट पीडित छन् ।

कोषका सदस्य सचिवसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा संचित रकमको ब्याचबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । २०६५ सालमा कोष स्थापना भए पनि २०६८ सालमा कार्यविधि बनेपछि मात्र कोषमा एक करोड रुपैयाँ जम्मा गरिएको थियो ।

हाल कोषमा एक करोड ४० लाख रुपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको श्रेष्ठले जानकारी गराए ।

विनाशकारी भूकम्प गएको वर्ष २०७२ सालमा कोषले सबैभन्दा बढी २७ लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरेको थियो । त्यस बेला भूकम्पका कारण ज्यान गुमाएका र घर पूर्ण रूपमा क्षति भएका सम्बन्धितलाई आर्थिक सहयोग वितरण गरिएको थियो ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?