Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

भारतीय ब्रेकफास्टको एउटा तस्विर जसले ततायो ट्विटरमा बहस

spot_img
spot_img

भारतीय ब्रेकफास्टको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्विरले ट्विटरमा भारतमा खानासम्बन्धी रमाइलो बहस ब्यूँताएको छ ।

तस्विरमा इड्ली (उसिनेको चामलको गोलाकार केक) लाई आइसक्रिमको छेस्कोमा (बरफजस्तै) झुन्डाएर दाल र तरकारीको मिश्रण साम्बरमा चोबिएको देखिन्छ ।

दक्षिण भारतीय वेंग्लोर ब्रेकफास्टको ‘नयाँ सृजना’लाई केहीले मन पराएका छन् भने कोही त्यो देखेर आफूलाई डर लागेको प्रतिकृया दिएका छन् ।

दक्षिणी सहर वेंग्लोरको एउटा होटेलमा सो तस्विर खिचिएको बताइएको छ ।

भारतीय कम्पनीहरूको समूह महिन्द्रा एन्ड महिन्द्राले सो तस्विर ट्विट गर्दै खानेकुरा बनाउने ‘सृजना’ बारे सर्वसाधरणको राय मागेको छ ।

‘भाारतको आविश्कारको राजधानी वेंग्लोरलाई अप्रत्यासित सृजना प्रदर्शन गर्नबाट कसैले रोक्न सकिदैन् । छेस्कोमा झुन्डाइएको इडलीलाई साम्बर र चट्नीमा डुबाइएको छ । यसको पक्ष–विपक्षमा को को हुनुहुन्छ ?’ अनौठो खानाको सो तस्विर पोस्ट गर्दै महिन्द्राको तर्फबाट लेखिएको छ ।

भर्चुअलसिड नामका एक प्रयोगकर्ताले नयाँ प्रयोगलाई ‘पागलपनको पराकाष्ठ’ बताएका छन् ।

त्यस्तै, लेफटिनेन्ट होरासियो नामको अकाउन्टमा अर्का प्रयोगकर्ताले तस्विरमा उल्लेख गरिएको खानेकुरा खान सहज भएको टिप्पणी गरेका छन् । ‘न चम्चाको चाहिने न त हात नै प्रयोग गर्न पर्ने ।’ उनले लेखेका छन् ।

अर्का एक प्रयोगकर्ताले वेंग्लोरमा नयाँ खानेकुराको प्रयोग हुन थालेको बताएका छन् । उनी भन्छन्, ‘इडली कसरी आईसक्रिमसँग जोडिन पुग्यो ? अनौठो लाग्यो । वेंग्लोर र यहाँको खानेकुरा सधै पर्यावाचाी बनेका छन् ।’

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?