Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

विद्यालय भवन बनाउन दिएको १५ लाखले पिलर मात्रै

spot_img
spot_img
spot_img

सुर्खेत, १५ असोज

कालिकोटको रास्कोट नगरपालिका–६ सिममष्टास्थित आधारभुत विद्यालय भवन निर्माणका लागि संघीय सांसद कोषमार्फत १५ लाख रुपैयाँ विनियोजन भएको थियो । तर उक्त रकमले पिलर मात्र ठडिएको छ । तीन कोठे भवन निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ मा १५ लाख रुपैयाँमा विनियोजन भएको हो ।

यस विद्यालयमा बाल विकासदेखि तीन कक्षासम्ममा जम्मा २८ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्म सञ्चालन हुँदै आएको भए पनि विद्यार्थी संख्या कम भएको भन्दै तीन कक्षामा झारिएको हो । बालविकास केन्द्रमा ९ जना, कक्षा १ मा ५ जना र कक्षा २ र ३ मा १४ जना मात्र विद्यार्थी अध्ययनरत छन । ५ कक्षासम्मको विद्यालयको दरबन्दी कटौती गरेको भन्दै स्थानीयले विरोध पनि गरिरहेका छन् । विद्यालयको दरबन्दी काटेर ३ कक्षामा झारेर विद्यालयलाई कमाइ खाने भाँडो बनाएको स्थानीयको आरोप छ ।

अहिले विद्यालयमा थोरै विद्यार्थी छन् । विद्यालय निर्माणका लागि आएको रकम पनि अपुरो रहेको स्थानीय नवराज फडेराले बताए । ‘राजनीतिक दलको कमाइ खाने गतिलो भाँडो भएको छ,’ उनले भने, ‘हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा कसरी पाउलान ?’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका फडेराले आफुलाई विद्यालयको चेक काट्ने बेला मात्र बोलाउने गरेको बताए । अरु बेला वास्ता नै नगर्ने उनको भनाइ छ । नगरपालिका शिक्षा स्रोत व्यक्ति महाप्रसाद बरालले यो स्थानीयकै आन्तरिक विवाद भएको बताए । ‘विद्यार्थी संख्या कम भएर दरबन्दी कटौती गरेर अर्को विद्यालयमा मर्ज गरिएको हो,’ उनले भने, ‘भवनको विषयमा बजेट नपुगेर निर्माण नसकिएको बुझिएको छ ।’

५ कक्षासम्म अध्यायन हुने विद्यालय अभिभावकलाई कुनै भेला र छलफल नै नगरी दरबन्दी कटौती गरेर ३ कक्षामा झारेर अझ १५ लाखको भवन पारेर भवन पनि अधुरै राखेर मागी खाने भाँडो बनाएको स्थानीय नरवीर फडेराको आरोप छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?