Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

‘सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण’

spot_img
spot_img

नेपाल प्रहरीको सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण हुने आज राजधानीमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । छैसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्री र अवकाश प्राप्त प्रहरी महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतबीच आज यहाँ सम्पन्न अन्तरसंवादका वक्ताले सो विषय औँल्याउनुभएको छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षक सङ्गठन प्रमुखको रूपमा रहँदा सङ्गठनको हित एवं श्रीवृद्धिका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै सङ्गठन सुदृढीकरणका लागि उहाँहरूको योगदान महत्वपूर्ण हुने औँल्याउनुभयो । उहाँले अवकाशप्राप्त प्रहरी महानिरीक्षकको अनुभव, राय, सुझाव एवं निर्देशन सङ्गठनको नीति निर्माण तथा सुदृढीकरणमा उपयोगी हुने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले सङ्गठनको प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको जानकारी गराउनुभयो ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले सङ्गठनको हितको लागि यस्ता अन्तरक्रिया जरुरी रहेको औँल्याउँदै प्रहरीले जनसहभागितामूलक कार्यक्रम अभिवृद्धि गर्नुपर्न सुझाव दिनुभयो । उहाँले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न उनीहरूको वृत्तिविकास, हकहितका विषयमा सङ्गठन केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, श्यामभक्त थापा, ओमबिक्रम राणा, हेमबहादुर गुरूङ, रमेशचन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको सहभागिता थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?