Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २५५ जना रहेका छन् । त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ । जसमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा र १२७१ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५० जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?