Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

एनभीए भलिबलको उपाधि आर्मीलाई, हेल्प नेपाल पराजित

spot_img
spot_img

त्रिभुवन आर्मी पुरुष भलिबल क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि हात पारेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा विभागीय आर्मीले हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २६-२४ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा हेल्प नेपालले पुनरामगन गर्दै २५-१७ को सहज जित निकाल्यो ।

पुनः तेस्रो सेट आर्मीले २५-१८ ले सहज हात पार्‍यो । मान बहादुर श्रेष्ठ, राजेन्द्र बिष्ट, दिल सुनार, हरिहजुर थापा, दुर्गा खड्काको उत्कृष्ट प्रदर्शनसँगै आर्मीले सेटमा २-१ को अग्रता बनायो । रोमान्चक चौथो सेट आर्मीले ३३-३१ ले जित्दै उपाधि आफ्नो नाममा लेखायो ।

हेल्प नेपालमा गण्डकी प्रदेशबाट खेल्दै आएका र भारतीय राष्ट्रिय टोलीबाट खेलेका विनित कुमारसहित ३ खेलाडीको साथ रहेको थियो ।

यससँगै पुरुष तर्फको खेलमा आर्मी विजेता रह्यो, पराजित हेल्प नेपाल उपविजेता रह्यो । नेपाल पुलिस क्लब तेस्रो स्थानमा रह्यो । पुलिसले तेस्रो स्थानको खेलमा एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

यता, आज नै भएको महिलातर्फको खेलमा विभागीय एपीएफविरुद्ध न्यु डायमण्ड एकेडेमीले पुनरागमन गर्दै ३-१ को सेट जित्दै उपाधि हात पार्‍यो ।

जितसँगै च्याम्पियन प्रतियोगिताको विजेता आर्मी र न्यु डायमण्डले समान ४ लाख हात पारे । उपविजेतामा सीमित महिलातर्फ एपीएफ र पुरुषतर्फ हेल्प नेपालले २ लाख पाए ।

यस्तै महिलातर्फ तेस्रो भएको आर्मी र पुरुषतर्फको पुलिस क्लबले समान १ लाख प्राप्त गरेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?