Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास सम्पन्न

spot_img
spot_img

भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवं कोभिड–१९ महामारीजस्ता विपद्का बेला सुरक्षा फौजको भूमिकाको व्यावहारिक अभ्यासका साथै सहभागी फौजले आ–आफ्नो पेशागत अनुभवसमेत अभ्यासका क्रममा साटासाट भएको थियो ।

भारतीय सेना मध्य कमाण्ड सेनापति रथी एसएस महलद्वारा शनिबार अन्तिम प्रवचन भएको उक्त अभ्यास समापन समारोहमा नेपाली सेनाको मध्य कमाण्ड सेनापति उपरथी विनयविक्रम राणा, ३ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमारबाबु थापा तथा नेपाल र भारतका सैनिक सहचारीलगायत सहभागी रहेको सेनाले जनाएको छ ।

संयुक्त सैनिक अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन तथा सकल दर्जामा आधारभूत सैनिक सीपको विकास एवं आपसी समझदारी बढाउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?